भारतीय लोकसभा निर्वाचनको मत गणना भइरहेको छ।
पश्चिम बंगालको असनसोलबाट तृणमूल कंग्रेस (टिएमसी) का शत्रुघ्न सिन्हाले जित हासिल गरेका छन्। सिन्हा ५९ हजार पाँच सय ६४ मतले विजयी भएको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्समा उल्लेख छ।
उनले भारतीय जनता पार्टीका सुरेन्द्रजित सिंह अहलुवालियालाई पराजित गरेका हुन्। योसँगै उनी लोक सभा सदस्यमा दोस्रोपटक निर्वाचित भएका हुन्।
सिन्हा एक भारतीय अभिनेता पनि हुन्।
पछिल्लो मतगणनाको तथ्यांकअनुसार, टिएमसीले ४२ मध्ये २९ सिटहरूमा अग्रता लिएको जनाएको छ।