भारतमा मंगलबार बिहानदेखि लोक सभा निर्वाचनको मतगणना भइरहेको छ।
मंगलबार साँझ सात बजेसम्मको परिणामअनुसार भाजपा नेतृत्वको एनडिएले अग्रता लिइरहेको छ।
अहिलेसम्म एनडिएले ९३, कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले ५१ र अन्य दलले ६ सिट जितेका छन्।
एनडिए १९७, इन्डिया गठबन्धन १८४ र अन्य दल १२ सिटमा अग्रता लिइरहेका छन्। लोक सभा ५४३ सिटको हो।
भारतमा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ।