भारतीय कंग्रेसका नेता राहुल गान्धीले भारत सरकारले जारी राखेको लकडाउन असफल भएको टिप्पणी गरेका छन्।
उनले भारत सरकारले लिएको लकडाउन नीतिले भारतमा कोरोना भाइरसको संक्रमण रोक्न नसकेको आरोप पनि लगाएका छन्।
उनले संक्रमितहरु दिनप्रति दिन बढ्दै गएका तर सरकारले लकडाउनको नीतिलाई राम्रोसँग पालना गराउन नसकेको बताए।
उनले पछिल्ला दिनहरुमा भारतमा हरेक दिन ९ देखि १० हजारसम्म संक्रमितहरु थपिने गरेकोले सरकार यो महामारी रोक्न असफल भएको बताएका हुन्।
उनले भारतमा पनि अमेरिका र बेलायतको जस्तो महामारीको अवस्था आउने कुरा पछिल्ला तथ्यांकहरुले देखाएको धारणा राखेका छन्।
उनले लकडाउनले पनि यहाँको महामारी रोक्न नसकेपछि अब सरकारले अरु विकल्पहरु रोज्नुपर्ने पनि ट्वीटमार्फत सुझाएका छन्।
शुक्रबारमात्र कोरोनाका कारण ३ सय जनाको ज्यान गएपछि भारतले कोरोनाका कारण हुने दैनिक मृत्युमा नयाँ रेकर्ड कायम गरेको थियो।