बुधबार भारतको गुजरात राज्यको भरूच जिल्लाको एक केमिकल उद्योगमा अचानक भएको विस्फोटमा पाँच जनाको मृत्यु हुनुका साथै कयौं मानिसहरू घाइते भएका छन्।
विस्फोटपछि उद्योगमा आगो लागेको थियो।
सो विस्फोटका कारण वरपरका भवनका सिसाहरू फुटेका थिए। यस्तै विस्फोटका कारण लागेको आगोको धुवाँ टाढाटाढासम्म देखिएको बिबिसीले जनाएको छ।
करिब १२ वटा दमकलको सहयोगमा आगो नियन्त्रण लिइएको थियो।
भरूच जिल्ला प्रमुखका अनुसार कम्पनीको एक ट्यांकमा १२ बजे अचानक विस्फोट भएको र सोबाट पाँच जनाको मृत्यु हुनुकासाथै ५७ जना मानिस घाइते भएका छन्।
योसँगै उनले घटनापछि कम्पनी नजिकैको गाँउका ४८ सय मानिसहरूलाई अन्यत्र सारिएको बताए।
घटनाका घाइतेहरूको त्यहाँका तीन निजी अस्पतालमा उपचार भइरहेको छ।