भारतमा कोरोना संक्रमित संख्याको दैनिक वृद्धिदरमा नयाँ रेकर्ड कायम भएको छ।
पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ९ नयाँ संक्रमित फेला परेपछि उसको दैनिक कोरोना संक्रमित वृद्धिमा नयाँ रेकर्ड कायम भएको हो।
यसैगरी २४ घण्टाको अवधिमा २ सय १७ जनाको ज्यान गएको छ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ।
पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको संख्या २ लाख ७ हजार ६ सय १५ पुगेको छ।
यीमध्ये १ लाख १ हजार ४ सय ९७ जनामा अहिले पनि उपचाररत छन् भने ५ हजार ८ सय १५ जनाले ज्यान गुमाएका छन्।