भारतका एक जना केन्द्रीय मन्त्रीले लकडाउनको नियम उलंघन गरेको भन्दै आलोचना भएको छ।
केन्द्रीय मन्त्री नरेन्द्र सिंह टोमरले श्योपुर जिल्लाको भ्रमण गर्दा लकडाउन र सामाजिक दुरी कायम गर्नुपर्ने नियम उलंघन गरेको आरोप लागेको हो।
जिल्लाको निशाद राज भवनमा आयोजित एक कार्यक्रममा सहभागी हुदाँ उहाँले मापदण्ड उलंघन गरेको बताइएको छ।
भारतको मध्य प्रदेश राज्यमा अहिलेसम्म कोरोना भाइरसका कारण सात हजार २४ जना विरामी भएको पुष्टि भएको छ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार यस प्रदेशबाट मात्रै अहिलेसम्म तीन हजार ६८९ जना निको भएर फर्किएका छन् भने ३०५ जनाको मृत्यु भएको छ।