भारतका एक प्रख्यात डाक्टरले अप्रिल ३ मा सार्वजनिक रुपमा मास्क तथा पिपिईको अभाव रहेको भन्दै स्थानीय मिडियाहरुमा चिन्ता व्यक्त गरेका थिए।
उक्त कार्य पछि सरकारले यस विषयमा छानबिन माग गर्यो।
तर औपचारिक उजुरी दर्ता गर्नुको सट्टा सार्वजनिक रुपमा यसरी देखा पर्दा अन्य स्वास्थ्य सेवाकर्मीहरूको मनोबल बिगारेको भन्दै डाक्टर सुधाकर राव, जसले सार्वजनिक रुपमा 'एउटै मास्क १५ दिनसम्म लगाउन भनेको छ' जस्ता गुनासो पोखेका उनलाई त्यसपछि निलम्बन गरिएको थियो।
त्यसबेला भारतमा यस विषयमा निकै चर्चा भयो।
डाक्टर रावले केही दिन पछि उक्त कार्यका लागि माफी माग्दै एउटा भिडियो बनाए। भिडियोमा आफ्नो निलम्बन रद्द गर्न माग गरेका थिए तर सरकारले यसमा कुनै प्रतिक्रिया दिएन।
उनै डाक्टर राव एक पटक फेरि विवादको विषय बनेका छन्।
शनिबार अधिकारीहरुले उनलाई मानसिक अस्पताल भर्ना गरेका छन्।
बिबिसीका अनुसार उनलाई शनिबार मानसिक अस्पताल पुर्याइएको हो।
यसले २० वर्षको अनुभव बोकेका एनेस्थेटिस्ट डाक्टर राव एक महिनाको अवधिमा दोस्रो पटक राष्ट्रिय समाचार र मानिसको चासोको विषय बनेका छन्।
एक भाइरल भिडिओमा डाक्टर राव र पुलिसहरु दक्षिणी शहर विशाखापट्टनमको एक राजमार्गमा छन्। डाक्टर राव र उनका परिवार त्यहाँ बसोबास गर्दै आएका छन्।
ती भिडिओहरू मध्य एकमा डाक्टर राव सर्ट/टिसर्ट बिना देखिएका छन्। उनी सडकको छेउमा आफ्नो कार भित्र बसेर पुलिसहरु माथि चिच्याइरहको देखिन्छ।
अर्को भिडिओमा भने डाक्टर राव सडकमा देखिएका छन्। उनको हात पछाडिबाट बाँधिएको छ र उनी सडकमै सुतिरहेको देखिएको छ। उनलाई एक प्रहरीले लठ्ठी समेत हिर्काएका छन्।
पुलिसहरुका अनुसार राजमार्गमा अनियन्त्रित व्यवहार गरेका कारण उनलाई समात्न प्रहरी पुगेको बताएका छन्। यतिबेलासम्म ती व्यक्ति डाक्टर राव हुन् भन्ने थाहा नभएको उनीहरुले बिबिसीलाई बताएका छन्।
अधिकारीहरूका अनुसार उनलाई मानसिक अस्पताल पठाइएको छ।
मानसिक अस्पतालमा पुर्याइएको विषयमा डाक्टर रावका परिवारले भने षडयन्त्रको आरोप लगाएका छन्।
परिवारले रावलाई कुनै मानसिक समस्या नभएको तर केही दिनयता उनलाई धम्कीहरु आउन थालेकाले तनावमा आउने गरेको बताएका छन्।
डाक्टर राव पहिले नै निलम्बनमा रहेका कारण यो घटना विवादास्पद रहेको बिबिसीको समाचारमा उल्लेख छ।