क्यानबेरा नेपलिज फुटबल क्लव (सीएनएफसी) ले नयाँ वर्ष २०७५ को उपलक्ष्यमा नयाँ वर्ष कप फुटबल आयोजना गरेको छ।
प्रतियोगिताको पुरुषतर्फको प्रतिस्पर्धामा मेची टीमले भेरी टिमलाई ४-०ले पराजित गर्दै उपाधि जितेको छ।
महिलातर्फको भिडन्तमा भने राजदूत लक्की शेर्पा सम्मीलित टोलीले टाइब्रेकरमा जित हात पारेको थियो।
प्रतियोगितामा लामो समय प्रतिनिधित्व गर्ने सदाबाहार खेलाडी सुरज पौडेललाई कार्यक्रममा सम्मान गरिएको थियो। खेलमा सर्वाधिक गोलकर्ताको उपाधि तीन गोल गरेका विजय महतोले हात पारे।
उत्कृष्ट गोलरक्षकको उपाधि अनिष पाण्डेले र उत्कृष्ट खेलाडी यमन ज्ञवाली भए। विजेतालाई अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले पदक तथा ट्रफी प्रदान गरिन्।
क्लबका अध्यक्ष चुडामणि सापकोटाले क्यानबेरामा रहेका नेपाली बिच आपसी भाइचार बढाउनेका साथै नयाँ वर्षलाई उल्लासमय रुपमा मनाउन नयाँ वर्ष फुटबल प्रतियोगिता आयोजना गरिएको बताए।
प्रयोगिताका म्याच कमिसनर डा कृष्ण हमालले स्थानीय टोलीको खेल स्तर बढेकोमा खुसी ब्यक्त गरे। प्रमुख अतिथिको रूपमा बोल्दै लक्की शेर्पाले सबै समुदायका सदस्यहरुसँग खेलाडीका रुपमा सहभागी हुन पाउँदा खुसी ब्यक्त गरिन्।
उनले महिला खेलाडीले पनि सक्रिय भएर प्रतियोगितामा सहभागि हुनु महत्वपूर्ण उपलब्धि भएको बताइन्।