भिक्टोरियान नेप्लीज क्रिकेट एशोसिएसनको आयोजनामा सन्चालन भैरहेको ओली एन्ड एसोसियट्स एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि सगरमाथा स्टार्स र ब्रुन्स्वीक इस्टर्न भिड्ने भएका छन्।
उपाधिका लागि दुबै टोलीले अर्को आइतबार फाइनल खेल हुनेछ।
लिगको अन्तिम खेलमा सगरमाथा स्टार्स र वेरबी टाइटन्स विजयी भएका थिए।
सगरमाथाले २० ओभरमा छोट्टाइएको खेलमा ६ विकेट गुमाउँदै १ सय ४९ रन जोडेको थियो। प्रतिउत्तरमा ब्रुन्स्वीक इस्र्टन मात्र १ सय ३१ रनमा समेटियो।
सगरमाथाको जितमा सुरज थापाको अविजित ७९ रनको योगदान महत्वपूर्ण रह्यो। अन्य खेलाडीहरुमा सजेन्द्र श्रेष्ठले २३ रन र बिकेश श्रेष्ठले १६ रनको योगदान दिए। ब्रुन्स्वीकका लागि भने मनिष अधिकारीले अविजित २८ रन तथा सुमन थापा र सागर हमालले समान १८ रन बनाए।
सगरमाथा स्टार्सका सुरज थापा म्यान अफ दी म्याच भए।
सगरमाथाका सन्देश कडेँल र असिम सुवेदीले दुई दुई विकेट हात पारे। अर्को खेलमा वेरवी टाइटन्सले एसीसी रेनगेड्सलाई सहजै हरायो। वेरबीका बिनोद क्षेत्रीले अविजित ४९ रन जोडे। उनी खेलको म्यान अफ दी म्याच समेत भए।
मेलवर्नमा छरिएर रहेका नेपाली क्रिकेटरहरुलाई एकतामा बाध्ने प्रयास स्वरुप क्रिकेट प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष तथा अन्तराष्ट्रिय क्रिकेटर यशवन्त सुबेदीले बताए।