ओली एन्ड एसोसियट्स एक दिवसीय क्रिकेटमा आइतबार ब्रुन्स्वीक इस्टर्नले सगरमाथा रेनगेड्सलाई हराएको छ। यस्तै आजै भएको दोस्रो खेलमा गोरखाली क्रिकेट क्लबले सगरमाथा स्टार्ससँग बराबरी खेलेको छ।
मेलवर्नको बोइङ रिजर्भमा भएको पहिलो खेलमा ब्रुन्स्वीकले सगरमाथालाई चार विकेटले पराजित गरेको थियो भने दोस्रो खेल बराबरी भएपछि दुबै टोलीले अंक बाँढेका थिए ।
टस जितेर पहिले ब्याटिङ गरेको सगरमाथाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६ रन जोडेको थियो। उसका लागि बिपीन अग्रवालले ४३ र सुमित दाहालले १९ रन बनाएका थिए।
ब्रुन्स्वीकका बलर मनिष अधिकारी र सागर हमालले दुई/दुई विकेट लिएका थिए। १०९ रनको लक्ष्यसहित ब्याटिङमा ओर्लेको ब्रुन्स्वीकले १३ ओभरमा १ सय ६ रनको लक्ष्य पुरा गरेको थियो।
जसमा मिलन गुरूङले ४७ रन र जनम गुरुङले १७ रन बनाएका थिए । सो खेलमा मिलन गुरुङ म्यान अफ दी म्याच भए ।
दोस्रो खेल भने निकै रोचक रह्यो । क्रिकेटमा बिरलै हुने बराबरीमा खेल टुंगीएपछि गोरखाली र सगरमाथाले अंक बाडेका थिए। पहिले ब्याटिङ गरेको गोर्खालीले बिस ओभरमा ६ विकेट गुमाउँदै एक सय ८२ रन जोडेको थियो। प्रतिउत्तरमा सगरमाथाले निर्धारित खेलको अन्तिम बलसम्म खेल्दै सात विकेटको नोक्सानीमा १ सय ८२ रननै बनायो।
गोर्खालीका सुनिल थापाले ५९ रन र सुमन सिंहले ४० रन तथा सागर पौडेलले ३३ रनको योगदान दिए।
यस्तै बराबरीका लागि सगरमाथाका कप्तान कुशल तुलाधरले ६४ रन तथा, सुरज थापाले ३८ र सुदिप न्यौपानले १३ रनको योगदान दिएका थिए।
ओली एन्ढ एशोसियट्सको प्रायोजन तथा बेस्ट मोबाइल क्लीनिङ ,मारफोन फोन रिपेयर्स ,बेल स्ट्रीट क्यान्टीन,स्टडी स्र्पोटस तथा लालीगुराँस ग्रोसरिजको सहयोगमा आयोजना भएको क्रिकेट प्रतियोगितामा मेलवर्नका नेपाली क्रिकेट टोलीको सहभागिता छ।
प्रतियोगिता आपसी भाइचाराका साथ क्रिकेटमा नयाँ प्रतिभाको खोजीका लागि आधार बन्न सक्ने आयोजक संघका अध्यक्ष तथा नेपालका अन्तराष्ट्रिय क्रिकेटर यशवन्त सुबेदीले बताए।