नेपाली संगीत क्षेत्रका चर्चित गायक राजेश पायल राई बिहिबार बिहान अष्ट्रेलिया आइपुगेका छन्।
आगामी शनिबार सिड्नीमा हुने सांगीतिक कार्यक्रममा प्रस्तुति दिन राई सिड्नी आएका हुन्।
राजवंशी समाज अष्ट्रेलियाले आयोजना गर्न लागेको कार्यक्रममा लोकप्रिय गायक राजेश पायलले आफ्ना हिट नम्बरका गीत पस्केर सिड्नीका दर्शक तताउने भएका छन्।
कार्यक्रममा अष्ट्रेलियामा रहेका चर्चित गायकहरू बादल प्रसाईं, राज के गोस्वामी र दिल तामाङका प्रस्तुतिहरू पनि समेटिने छन्।
‘सिड्नीमा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई फेरि एकपटक नचाउने र झुमाउने अवसर पाएको छु। निकै खुशी लागेको छ’,राईले भने।
उनले भने, ‘शनिबार हुने कार्यक्रममा मलाई साथ दिन उहाँहरू आउनु हुनेछ।’
एन्जल होम लोन्सको टाइटल स्पोन्सर रहेको यो कार्यक्रम मार्च १७ तारेखका दिन हर्सभिलको अडिटोरियम हलमा हुने छ।
‘सबै वर्ग र उमेरका फ्यानहरूलाई आकर्षित गर्न सक्ने प्रिय कलाकारको कार्यक्रममा सहभागिता जनाउन पाउनु हाम्रो लागि पनि राम्रै कुरा हो’, एन्जल होम लोन्सका सञ्चालक दिनेश पोखरेलले भने।
पोखरेल लगायत आयोजकहरू राजेशलाई स्वागत गर्न सिड्नी एअरपोर्ट पुगेका थिए। सीडनीमा रहेका संगीतप्रेमी नेपालीकाे पहिलाे राेजाई भएकाेले राजेश पायल राईलाई निम्ता गरिएकाे आयाेजक फुर्वा लामाले बताए।