अमेरिकी राष्ट्रपतिका लागि डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसल टिम वाल्सलाई उपराष्ट्रपति उम्मेदवार चुनेकी छन्।
ह्यारिसले मंगलबार मात्रै ६० वर्षीय वाल्सलाई आफ्ना सहयोगीको रूपमा उपराष्ट्रपति उम्मेदवार बनाएकी हुन्।
वाल्स मिनेसोटाका गभर्नर हुन्।
उनलाई ह्यारिसले उपराष्ट्रपति उम्मेदवार बनाएकोबारे मंगलबार मात्रै सार्वजनिक भएको थियो। मंगलबार नै वाल्स र ह्यारिस एकै मञ्चमा देखा परेका थिए।
अमेरिकी राष्ट्रपतिका लागि चुनाव लड्ने उम्मेदवारले आफूले चाहेको व्यक्तिलाई उपराष्ट्रपति बनाउन पाउँछ। तर उपराष्ट्रपति छान्दा निर्वाचनअघि नै छान्नुपर्छ। राष्ट्रपतीय उम्मेदवारले निर्वाचन जिते उनका उपराष्ट्रपति उम्मेदवार स्वतः निर्वाचित हुन्छन्।
रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले जेम्स डेविड (जेडी) भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार छानिसकेका छन्।
ट्रम्प र भान्सलाई ‘वियर्ड’ अर्थात् बिचित्र भन्ने वाल्स ह्यारिसका उपराष्ट्रपति उम्मेदवार बनाएकी हुन्।
भान्सलाई उपराष्ट्रपति बनाउनको पछाडि सामाजिक सञ्जालमा उनको लोकप्रियता, शिक्षक महासंघको समर्थन, मिनेसोटामा उनको नीति लगायतका विभिन्न कारण देखाइएको छ।
भान्सलाई उपराष्ट्रपति बनाएपछि ह्यारिसको पक्षमा थप समर्थन जुट्ने दाबी समेत गरिएको छ।