निशा सुनारको अध्यक्षतामा नेपाली अमेरिकन कलाकार संघको १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।
न्युयोर्कको ज्याक्सन हाइटस्थित नेपाली भान्साघरको हलमा भएको संघको पाँचौँ अधिवेशनले कार्य समितिको प्रमुख संरक्षकमा अभय ढुंगेल, वरिष्ठ उपाध्यक्षमा वसन्ती राई,उपाध्यक्षमा विक्की पुलामी, विमल डाँगी, ईथ्ना कार्की र राजेन्द्र राई, महासचिवमा संगीता थापा, सचिवमा मधुकुमार गिरी, कोषाध्यक्षमा पुष्कर वराल, सहकोषाध्यक्षमा पूजा न्यौपाने, युथ कोर्डिनेटरमा दिलिपकुमार श्रीसलाई निर्विरोध निर्वाचित गरेको हो। यस्तै सदस्यहरुमा चिनियालाल श्रेष्ठ, बुद्दीमान घिसिङ , पुष्पा बस्नेत, नविन श्रेष्ठ र माया राई चयन भएका छन्।
न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका वाणिज्यदूत विष्णुप्रसाद गौतमको प्रमुख आतिथ्य तथा नेपाल जनजाति महासंघका अध्यक्ष लोक चेमजोङको आतिथ्य र वरिष्ठ गायिका निशा सुनारको अध्यक्षतामा कार्यक्रममा सम्पन्न भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि वाणिज्यदूत गौतमले अधिवेशन सफलताको शुभकामना दिए। उनले कलाकारहरू देशको गहना तथा राजदूतका रुपमा रहेको भन्दै देशको पहिचान तथा गरिमा बढाउने काम गर्नुपर्नेमा जोड दिए।
नयाँ नेतृत्व चयनका लागि प्रमुख निर्वाचत आयुक्तमा सोमनाथ घिमिरे, निर्वाचन आयुक्तहरुमा विष्णु रानामगर र मनिता गुरुंग नियुक्त भएका थिए। तर नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन भएको हो।