अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट्न सहमत भएका छन्।
उत्तर कोरियाका नेता किम जोङ–उनले अमेरिकी राट्रपति डोनाल्ड ट्रम्पलाई भेटवार्ताको निम्तो पठाएका थिए। उनको निम्तो अमेरिकी राष्ट्रपति ट्रम्पले स्वीकार गरेको खबर बीबीसीले जनाएको छ।
अमेरिकाको राजधानी वासिङ्नट डिसी पुगेका दक्षिण कोरियाका एक उच्च अधिकारीले यसबारे जानकारी दिएका हुन्। उनी उत्तर कोरियाको निम्तो पत्र लिएर अमेरिका गएका थिए ।
केही समय अघिसम्म ती दुई नेताहरु सार्वजनिक रुपमा व्यक्तिगत आरोप प्रत्यारोपमा उत्रिएका थिए।
उक्त अप्रत्याशित घोषणा उत्तर कोरियाली नेताको पत्र लिएर वाशिङटन पुगेका उच्च दक्षिण कोरियाली अधिकारीहरुले गरेका थिए।
गएको सोमबार किमले सत्ता सम्हालेदेखि पहिलो पटक उत्तर कोरिया पुगेको दक्षिण कोरियाली टोलीलाई किमले डिनर नै गराए। उनले आफू निकै उत्साहित रहेको र सम्बन्ध सुधार गरेर एकीकरणको नयाँ इतिहास लेख्न चाहेको पनि बताए ।
त्यही क्रममा ट्रम्पलाई वार्ताको निम्तो उत्तर कोरियाले दक्षिण कोरियाली प्रतिनिधिको हातमा थमाएको हो ।
दक्षिण कोरियाली अधिकारीका अनुसार किमले पारमाणविक र क्षेप्यास्त्र परीक्षणहरु स्थगन गर्न सहमति जनाएका छन् र पारमावणिक नि:शस्त्रिकरणका लागि प्रतिबद्धता पनि जनाएका छन्।
पछिल्लो घटनाक्रम महिनौ यताका चेतावनी र हिंसापछिको एउटा महत्वपूर्ण प्रगति जस्तो देखिन्छ।
उत्तर कोरियाका नेता किम परामाणु कार्यक्रम तथा मिसाइल परीक्षण रोक्न तयार रहेको तर त्यसका लागि सुरक्षाको प्रत्याभुति भने हुनु पर्ने बताएको दक्षिण कोरियाले उल्लेख गरेको छ ।
सन् २०१८ लागेदेखि उत्तर र दक्षिण कोरियाबिचको सम्बन्धमा सुधार आएको छ। विन्टर ओलम्पिकलाई लिएर न्यानो बन्न थालेको सम्बन्धले अहिले दुई देशका शीर्ष नेताको भेट गर्ने सहमतिसम्म लगेको छ ।
दक्षिण कोरियाली प्रतिनिधिमण्डलले अघिल्लो साता प्योङयाङमा उत्तर कोरियाली नेतासँग अभूतपूर्व प्रकृतिको वार्ता गरेको थियो।
[caption id="attachment_139597" align="alignnone" width="660"]
उत्तरको निम्तो लिएर ह्वाइट हाउस पुगेका दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इउ–योङ । तस्बिर:रोयटर्स[/caption]
राष्ट्रिय सुरक्षा सल्लाहाकार चुन यू योङले ह्वाइट हाउस बाहिर सम्वादाताहरूसँग कुरा गर्दै दुई नेताले आगामी मे महिनामा वार्ता गर्ने अपेक्षा गरेको बताए।
उनले उत्तर कोरियाली नेताले आफूहरुसँगको भेटमा पारमाणविक निश:स्त्रिकरण प्रति प्रतिबद्धता जनाएको आफूले राष्ट्रपति ट्रम्पलाई जानकारी दिएको बताए।
उक्त विफ्रिङको प्रशंसा गर्दै ट्रम्पले स्थायी रुपमा उत्तर कोरियालाई परमाणू अस्त्रबाट निश:स्त्र बनाउने उद्देश्य लिएर आफूले मे महिनामा किम जङ उनलाई भेट्ने बताएको योङले जानकारी दिए।