बहुल नागरिकता भएको आरोपमा अस्ट्रेलियाका कार्यवाहक प्रधानमन्त्री बार्नबे जोयससहित अन्य चारजना राजनीतिज्ञलाई त्यहाँको अदालतले अयोग्य ठहर गरेको छ।
अस्ट्रेलियाको संविधानमा बहुल नागरिकता लिएका व्यक्ति कुनैपनि पदमा निर्वाचित हुन नपाइने प्रावधान रहेको छ। कार्यवहाक प्रधानमन्त्री जोयसँग न्यूजिल्याण्डको पनि नागरिकता रहेको छ।
उच्च अदालतको यस्तो फैसलापछि कार्यवाहक प्रधानमन्त्री जोयसले आफू न्यायालयको निर्णयको सदैव गर्ने पक्षमा रहेको बताएका छन्। त्यस्तै, सिनेटमा निर्वाचित भएका अन्य चार नेताहरू फियोना नास, माल्कोम राबर्टस, लारिसा वाटर्स र स्कट लुडामलाई पनि अदालतले अयोग्य ठहर गरेको छ।
सातजना न्यायाधीशहरूको इजलासले विगत दुई हप्तादेखि यस विषयमा कारबाही जारी राखेका थिए। अस्ट्रेलियामा आप्रवासी र बसाइँसराइबाट आउने मानिसहरूको बढ्दो संख्याले यस्तो समस्या निम्तिएको बताइएको छ।