जापान प्रहरीले टोकियो शहर नजिकैको जामा भन्ने स्थानको एक अर्पाटमेण्टबाट ९ जना मानिसको मृत शरीर र मानव अंगहरू फेला पारेको छ।
प्रहरीले सोमबार ९ जना मानिसको मृत शरीर र मानव अंगहरू फेला पारेको हो।0
दुई व्यक्तिको टाउको अपार्टमेण्टको एक चिसो कन्टेनरमा भेटिएपछि प्रहरीले उक्त स्थानमा आफ्नो अपरेसन सुरू गरेको थियो। खोज्दै जाँदा प्रहरीले कुहिने अवस्थाका मानव अङ्गहरू भेट्टाएको थियो।
नौमध्ये आठ मृत शरीरका अङ्गहरू महिलाको र एक जना भने पुरुषको रहेको जनाइएको छ। सत्ताइस वर्षीय ताकाहिरो सिराइसी नाम गरेको व्यक्ति बस्ने उक्त अपार्टमेण्टको फ्याल्टबाट प्रहरीले शवहरू फेला पारेको हो।
गत अक्टोबरमा एक २३ वर्षीया महिला हराएको सूचनापछि प्रहरीले खोजी कार्य तीव्र बनाएको थियो। यसैक्रममा यसरी नौ जना मानिसको मृत शरीर भेटिएपछि स्थानीयमा त्रास फैलिएको छ।
पक्राउपछि सिराइसीले आफूले विशेष खोजका लागि यी मानिसहरूको हत्या गरेको र प्रहरीले थाहा पाउने डरले यसरी लुकाएको बताएका छन्। घटना जटिल रहेकोले प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।