फोटो पत्रकार भरतबन्धु थापालाई गाँउ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) ले सद्भावना दूत बनाएको छ।
कोभिडले थला परेको पर्यटनलाई विगतको स्थानमा पुर्याउन प्रचार प्रसार तथा प्रवर्द्धनमा सहयोग पुर्याउन भन्दै पत्रकार थापालाई भिटोफले सद्भावना दूत बनाएको हो।
विगत डेढ दशकदेखि लेखन तथा फोटोग्राफर रूपमा क्रियाशिल थापालाई सदभावनादूत बनाएको भिटोफका अध्यक्ष गोपाल थापाले बताए।
भिटोफले आयोजना गरेको एक कार्यक्रमका बीच थापालाई सदभावना दूत नियुक्त गरेको हो।
यस्तै सल्लाहकारमा प्रा डा प्रेम शर्मा, रविजग पाण्डे, अशोह सिलवाल,शिव पौडेल र दीपक दाहालालाई नियुक्त गरेको छ। यस्तै कानुनी सल्लाहकार सरस्वती श्रेष्ठ रहेनेछिन्।
लेखक तथा फोटोग्राफर थापाले प्रचारमा रहेका तथा ओझेलमा रहेका नेपालका पर्यटकीय क्षेत्रहरुलाई प्रचार प्रसार तथा प्रर्वद्धन गर्न आफूले सकेको सहयोग गर्ने बताए।
थापाले यसअघि वाईल्ड वेष्ट नेपाल(२०१३),गन्तव्य कर्णाली (२०१९),कर्णाली (२०२०),एक्सपोलर फारवेष्ट (२०२०), गन्तव्य मध्यपुर (२०२१) र तस्बिरमा नेपाल (२०२१) पुस्तक प्रकाशन गरेर पर्यटन प्रवर्द्धनमा योगदान दिइसकेका छन्।