नेपाल पर्यटन बोर्डले प्रदेश १ का पर्यटन व्यवसायीलाई पर्यटन प्रोडक्ट प्याकेजिङ र डिजिटल तालिम दिन सुरू गरेको छ।
तालिममा प्रदेश १ का आठ जिल्लाबाट २५ जना पर्यटन व्यवसायीको सहभागिता रहेको छ।
नेपाल पर्यटन बोर्डले सातै प्रदेशमा पर्यटन प्रोडक्ट प्याकेजिङ र डिजिटल तालिम दिने लक्ष्य लिएको छ।
तालिममा डिजिटल माध्यमबाट ब्यवसायको प्रवर्द्धन गर्ने, प्रदेशका विभिन्न पर्यटन गन्तब्य, आकर्षणलाई सही ढङ्गले प्याकेजिङ गर्न सिकाउने लगायतका कार्यहरू हुनेछन्।
तालिममा सैद्धान्तिकसँगै ब्यवहारिक ज्ञान उपलब्ध गराउने पर्यटन बोर्डले जानकारी दिएको छ।
तालिमको दौरान कम्तिमा प्रदेशका ५० स्थानलाई म्यापमा समावेश गर्ने, फोटो सहित विवरणलाई अद्यावधिक गरिने बोर्डले जनाएको छ।
आन्तरिक तथा बाह्य पर्यटकको आवागमन सुचारू हुँदै गएको हालको अवस्थामा यस्ता तालिमले दक्ष जनशक्ति तयार गर्न, लुकेका सम्भावना बोकेका क्षेत्रको डिजिटल पहुँच बढाउन, स्थानीयलाई डिजिटल माध्यमबाट जोडिन सघाउने विश्वास नेपाल पर्यटन बोर्डको रहेको छ।
यसअघि २०७८ फागुन २०-२२ मा भैरहवामा लुम्बिनी प्रदेशका चालिस ब्यवसायीलाई प्रोडक्ट प्याकेजिङ र डिजिटल तालिम दिएको थियो।