गण्डकी प्रदेश होमस्टे पर्यटनको पाठशाला हो। यहि प्रदेशको स्याङ्जा जिल्लामा पर्ने सिरूबारी गाउँबाट सामुदायिक होमस्टेसहित ग्रामीण पर्यटन शुभारम्भ भएको इतिहास छ। भारतीय सेनाका रिटायर्ड क्याप्टेन रुद्रमान गुरुङको परिकल्पना र अगुवाइमा वि.सं. २०५४ असोजदेखि सिरूबारीमा ग्रामीण पर्यटन सुरु भएको हो।
सिरुबारीको सिको गर्दै मुलुकभर होमस्टे पर्यटन फस्टाएको छ। गण्डकी प्रदेशमै पनि राम्राराम्रा होमस्टे खुलेका छन्। त्यस्तै एउटा नमुना हो, ‘अतिथि सत्कार सामुदायिक होमस्टे।’
बागलुङ बजार।बागलुङ नगरपालिका–१० भकुण्डे गाउँमा वि.सं. २०७३ सालदेखि यो सामुदायिक होमस्टे सञ्चालनमा आएको हो। यहाँका ११ घरमा पाहुना राखिन्छ।
प्रकृतिको अनुपम बरदान हो भकुण्डे। यहाँको घमाइलो बस्तीबाट गुर्जा, धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेलगायत दर्जनौं हिमचुली देखिन्छ। गाउँ नजिकै जंगल छ जहाँ चराको चिरबिर सुनिन्छ। जंगली जनाबरहरु भेटिन्छ।
विशुद्ध ग्रामीणपनमा बाँचेको भकुण्डेमा मगर समुदायले होमस्टे सञ्चालन गरेका हुन्। बागलुङबजार नजिकैको अतिथि सत्कार होमस्टेमा लोकल परिकार पाक्छ। यहाँ सादा खानाको २ सय रुपैयाँ, बेडको २ सय रुपैयाँ र खाजाको १५० रुपैयाँ तिर्नुपर्छ।
लोकल कुखुरा, कोदोको रक्सी, कोदोका परिकार पनि यहाँका खाद्य आकर्षण हुन्। गाउँको शिरानमा भ्यू टावर छ भने बीचमा बराहताल र मन्दिर छ। सांस्कृतिक हिसाबले पनि रमणिय छ गाउँ। पाहुनाको मागअनुसार साँझ झ्याउरे र लोकगीतमा नाचगान गरिन्छ। यानीमाया, सालैजो भाकामा झुम्छ भकुण्डे।
बराह तालभकुण्डे क्षेत्र ८५० देखि २३५० मिटरसम्मको उचाइमा छ। दुई रात यहाँका होमस्टेमा बसेर तन र मनलाई रिचार्ज गर्न सकिन्छ।
कास्कीको ताङतिङबाट भकुण्डे घुम्न आएका पर्यटन अभियन्ता प्रकाश गुरुङ र समाजसेवी तर्कजङ गुरुङ गाउँलेको आत्मीयताबाट मोहित बने।
‘प्रकृतिको अनुपम सौन्दर्य र गाउँलेको आत्मीयताले हामीलाई लठ्ठै बनायो’, उनीहरुले भने।
ग्रामीण जीवनशैली अध्ययन गर्न भकुण्डे उपयुक्त छ। साथीसंगी र परिवारसँग जीवनमा एकपटक घुम्नै पर्ने ठाउँ पनि हो भकुण्डे।
होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खिमबहादुर थापाकाअनुसार गाउँमा संग्रहालय पनि बन्दैछ।
धौलागिरी हिमालगाउँको नाम भकुण्डे रहेको विषयमा विभिन्न भनाई छन्। मगर समुदायले भकुण्डे माईको आराधना गर्ने भएकाले उनकै नाउँमा गाउँको नाम रहेको पनि भनिन्छ।
गाउँबाट मौसमी तरकारी र फलफुल जस्तै सुन्तला, किवि, च्याउ, मुला र आलु कोसेली ल्याउन सकिन्छ।
भकुण्डेमा वर्षैभरि घुम्न सकिन्छ। गाउँ आफैंमा घुम्नलायक छ। सेरोफेरोका बागलुङ कालिका, पन्चकोट घुम्नेहरुले पनि बास बस्न भकुण्डेलाई रोज्न सक्छन्।
आन्तरिक पर्यटककुनै पनि होमस्टेमा पहिल्यै खबर गरेर साँझ नपर्दै जानुपर्छ। त्यसो भएमा गाउँलेलाई आबश्यक तयारी गर्न समय मिल्छ।
कसरी पुग्ने ?
काठमाडौं–पोखरा २०० किमि। पोखरा–बागलुङबजार ७२ किमि। बागलुङबजारदेखि भकुण्डे ११ किमि। बागलुङबजारबाट जिप वा बाइकमा सजिलै होमस्टे गाउँ पुग्न सकिन्छ।
सम्पर्कः
- अतिथि सत्कार होमस्टे
- भकुण्डे, बागलुङ
- खिमबहादुर थापा–९८४७६२८४९०
- याम थापा–९८५७६३७०२३
थप तस्बिरहरू
आन्तरिक पर्यटक
स्थानीय महिला
माछापुछ्रे हिमाल
आमा समूह
पाहुनालाई स्वागत गर्दै आमा समूह
भकुण्डेबाट देखिएको हिमालको दृश्य
सूर्योदय