होम स्टेका पिता भनेर चिनिने स्वर्गिय क्याप्टेन रुद्रमान गुरुङको स्मृतिमा गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) पोखराले स्व. क्या. रुद्रमान गुरुङ स्मृति पुरस्कार गाउँ पर्यटनको प्रवद्र्धनमा कलम चलाउने पत्रकारलाई प्रदान गरिने भएको छ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) प्रदेश नं. ४ ले पहिलो पटक प्रदान गर्न लागेको स्व. क्या. रुद्रमान गुरुङ स्मृति पत्रकारिता पुरस्कार २ जना पत्रकारलाई दिइन लागेको भिटोफका अध्यक्ष तारानाथ पहारीले बताए।
पत्रकार अमृत भादगाउँले संयोजक रहेको पुरस्कार छनोट समितिमा नेपाल पर्यटन बोर्ड कास्कीका वरिष्ट अधिकृत सूर्य थपलिया र भिटोफ प्रदेश नं. ४ का उपाध्यक्ष राजेश पहारी सदस्य छन्।
उनीहरूले छानेका दुई पत्रकारलाई आगामी भिटोफको दोस्रो अधिवेशनमा दुई जना पत्रकारलाई नगद सहित सम्मानपत्र र दोसल्लाले सम्मान गर्ने निर्णय भएको पहारीले बताए।
भिटोफ पोखराको साधारण सभा भदौं १८ गते पोखरा २२ पुम्दीभुम्दीको कालावाङ घडेरी होम स्टेमा हुनेछ।