बारा क्षेत्र नम्बर २ मा नेकपा माओवादीका शिवचन्द्र प्रसाद कुशवाहाले मतान्तर घटाउँदै गएका छन्।
जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादव उनीभन्दा ३३ मतले अघि छन्।
केहीबेर अघिसम्म यादवले फराकिलो मतान्तरले अग्रता लिएका थिए।
हालसम्मको मतगणनामा यादवले ८ हजार ३६५ मत ल्याएका छन् भने कुशवाहाले ८ हजार ३३२ मत पाएका छन्।
स्वतन्त्र उम्मेदवार रामकिशोर प्रसाद यादवले ७ हजार ३४१ मत ल्याएका छन्। अर्का स्वतन्त्र उम्मेदवार रविन्द्र प्रसाद यादवले ६ हजार ४३१ मत पाएका छन्।