मधेस प्रदेशको प्रदेशसभामा सिरहा ४ (१) मा जनमत पार्टी विजयी भएको छ।
पूर्वमन्त्री समेत रहेका माओवादी केन्द्रका महेन्द्र पासवानलाई हराउँदै जनमत पार्टीका त्रिभुवन साह निर्वाचित भएका हुन्।
उनले ८ हजार २ सय २९ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी पासमानले ७ हजार ८३ मत प्राप्त गरे।
यस्तै, नेकपा एमालेका प्रकाश महासेठले ६ हजार ८ सय ७८ मत प्राप्त गरी तेस्रो स्थानमा रहे।