दैलेख निर्वाचन क्षेत्र नम्बर–२ प्रदेशसभा (१) बाट नेकपा (एमाले) का विनोदकुमार शाह विजयी भएका छन्।
शाहले नेकपा (माओवादी केन्द्र) का योगेन्द्रबहादुर शाहीलाई ८६ मतले हराए।
शाहले जम्मा खसेको मत २२ हजार दुई सय ८२ गणना गर्दा नौ हजार चार सय ६४ मत पाए।
माओवादीेका शाहीले नौ हजार तीन सय ८१ मत प्राप्त गरे।
प्रदेश सभामा निर्वाचित शाह पूर्वराज्यमन्त्रीसमेत हुन्।
यस्तै, राप्रपा पार्टीका ज्ञानेन्द्र शाहीले चार हजार ९० र नेमकिपाका जयबहादुर शाहीले तीन हजार दुई सय ५५ मत प्राप्त गरे।