सप्तरी क्षेत्र नम्बर १ को (२) मा प्रदेशसभा सदस्य पदमा जनमत पार्टीका मोहम्मद सकिल मियाँ विजयी भएका छन्।
सहायक निर्वाचन अधिकृत हरिशङ्कर महतोका अनुसार जनमत पार्टीका मियाँले १६ हजार एक सय ६० मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का सुदम्मर यादवले नौ हजार आठ सय ८८ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार बद्रीनारायण महत्मान यादवले छ हजार छ सय १० मत प्राप्त गरे।