बैतडी प्रदेश सभा १ मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाल विजयी भएका छन्।
उनी १२ हजार ८३१ मतका साथ विजयी भएका हुन्।
पालले आफ्ना निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई १ हजार ८१३ मतले पछि पारे।
भण्डारीले ११ हजार १८ मत प्राप्त गरे।
नेपाली कांग्रेसका वीरबहादुर विष्टले १० हजार ९५३ मत प्राप्त गरे।
यो क्षेत्रमा ४० हजार १५५ मत खसेको थियो।