नेकपा एमालेकी उम्मेद्वार भगवती चौधरीले सुनसरी ३ मा अग्रता कायमै राखेकी छन्। उनलाई पछ्याउने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली दोस्रो स्थानमा छन्।
पछिल्लो मत गणना अनुसार भगवतीले हालसम्म ३६८८ मत पाएकी छन् भने घन्टी चुनाव चिन्हका मैनालीले ३२०४ मत पाएका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका विजय कुमार गच्छदार २११० मतसहित तेस्रो स्थानमा छन्।