नेकपा एमालेका कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले दैलेख-२ (ख) बाट प्रदेश सभा सदस्यमा जित हात पारेका छन्।
निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका योगेन्द्र शाहीलाई ८४ मतले पछि पार्दै उनी प्रदेश सभा सदस्य बनेका हुन्।
शाहले ९ हजार ४६४ मत पाएका छन् भने गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका शाहीले ९ हजार ३८१ मत पाएका छन्।
प्रदेश सभा सदस्यमा निर्वाचित शाह २०५१ सालमा नेपाल मजदुर किसान पार्टीबाट सांसद बनेका थिए।
उनी त्यसबेला राज्यमन्त्रीसमेत बनेका थिए।