महोत्तरी निर्वाचन क्षेत्र नं. ३ को (१) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको अभिराम शर्मा विजयी भएका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका दिपेन्द्र झालाई १७४ मतले पराजित गरी शर्मा दोस्रो पटक प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।
शर्माले ९ हजार ८९२ मत ल्याउँदा झाले ९ हजार ७१८ मत प्राप्त गरे।
झा निर्वाचनको मुखैमा मधेस प्रदेशको मुख्यन्यायाधीवक्ता पदबाट राजीनामा दिएर सक्रिय राजनीतिमा आएका थिए।