दाङ प्रदेश सभा ३ (क) मा नेपाली कांग्रेसका उम्मेदवार डिल्लीबहादुर चौधरी निर्वाचित भएका छन्।
खसेको ४० हजार ७८९ मतमा लुम्बिनी प्रदेशका ग्रामिण, पर्यटन तथा सहरी विकास मन्त्रीसमेत रहेका चौधरीले १९ हजार ८ सय ५० मत प्राप्त गरेका हुन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेले १४ हजार ४५० मत प्राप्त गरे।
कांग्रेसका मन्त्री चौधरीले एमालेका पाण्डेलाई ५ हजार ४ सय मतान्तरले पराजित गरेका हुन्।