नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला सल्यानबाट विजयी भएका छन्।
उनले ३५ हजार ७ सय मत प्राप्त गर्दै जित हात पारेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७ सय ८९ मत प्राप्त गरे।
उनी गठबन्धनका बागी उम्मेदवार हुन्। त्यस्तै नेकपा एमालेका राजेन्द्रवीर रायले १३ हजार २९ मत ल्याए।