समानुपातिकतर्फ हालसम्मको मतगणना अनुसार नेकपा एमालेले अग्रता कायमै राखेको छ।
९ लाख ५ हजार ७ सय ५५ मत गणना हुँदा एमालेले २७ प्रतिशत मतसहित अग्रता लिएको हो। हालसम्मको विवरणअनुसार एमालेको मत २ लाख ५२ हजार ५ सय ३४ रहेको छ।
यस्तै, नेपाली कांग्रेस २५ प्रतिशत मतसहित दोस्रो स्थानमा छ। उसले २ लाख २९ हजार १ सय ६४ मत प्राप्त गरेको छ। समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ। त्यस पार्टीले १३ प्रतिशत मत स्थिर राख्दा १ लाख १९ हजार ८ सय ८९मत प्राप्त गरेको छ।
नेकपा (माओवादी केन्द्र)ले ११.६० प्रतिशत मत ल्याएको छ। त्यस पार्टीले हालसम्म १ लाख ५ हजार ८५ मत ल्याएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टीले ६.८३ प्रतिशत ल्याउँदा ६१ हजार ९ सय ५१ मत प्राप्त गरेको छ।
छैठौं स्थानमा रहेको नेपाल मजदुर किसान पार्टीले २० हजार ५० मत ल्याएको छ। यो कूल मतको २.२१ प्रतिशत हो।
सातौं स्थानमा रहेको जनता समाजवादी पार्टीले सदर मतको २ प्रतिशत अर्थात् १९ हजार ५ सय ८६ मत ल्याएको छ।
आठौं स्थानमा रहेको सिके राउतको जनमत पार्टीले १.९८ प्रतिशत मत अर्थात् १७ हजार ९ सय ५९ मत प्राप्त गरेको छ।
एकीकृत समाजवादी पार्टी १.५८ प्रतिशत् अर्थात १४ हजार ३ सय ७३ मत सहित नवौँ स्थानमा छ।
१० औँ स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टीले १२ हजार ६ सय २७ मत ल्याएको छ। यो हालसम्म गणना भएको मतको १.३९ प्रतिशत मत ल्याएको छ।
यी बाहेक अन्य दलले ५२ हजार ५ सय ३७ मत ल्याएका छन्। यो सूचीमा रहेका दलहरूको मत हालसम्म गणना भएको संख्याको ५.८ प्रतिशत हो।