यसपालि मनसुन मध्य जेठतिरै भित्रिएको थियो। देशभरि फैलिन २३ दिन लाग्यो।
असार पहिलो सातामा देशभरि मनसुन विस्तार भएसँगै मनग्य वर्षा भइरहेको छ।
बर्खालाई मानो खाएर मुरी उब्जाउने समय पनि भनिन्छ।
केही दिनयता रातिको समयमा धेरै पानी परिरहेको छ।
वर्षाको मौसम सुरू भएसँगै किसानहरूलाई रोपाइँको चटारो छ।
पानी परे पनि पहाडी भेगमा भने खेत रोपाइँ गर्ने समय अझै आइसकेको छैन भने तल्लो तटीय क्षेत्रमा रोपाइँ सुरू भएको देख्न सकिन्छ।
राजधानी वरपर रहेका विभिन्न तटीय क्षेत्रमा पनि रोपाइँ भैरहेको देख्न सकिन्छ।
काठमाडौंकै फर्पिङमा रोपाइँ सुरू भइसकेको छ।
किसानहरू बिहानदेखि बेलुकासम्म खेतमा काम गरिरहेको भेटिन्छन्। रोपाइँ गर्न ठिक्क पारिएका खेतहरूको दृश्य पनि मनमोहक देखिन्छन्।
तस्बिरहरूः
-1751007184.jpg)
-1751007184.jpg)
-1751007184.jpg)
-1751007186.jpg)
-1751007186.jpg)
-1751007189.jpg)
-1751007190.jpg)
-1751007190.jpg)
-1751007188.jpg)
-1751007184.jpg)
-1751007188.jpg)
-1751007191.jpg)
-1751007193.jpg)
-1751007192.jpg)
-1751007193.jpg)
-1751007192.jpg)
-1751007194.jpg)
-1751007191.jpg)
-1751007190.jpg)
-1751007183.jpg)
-1751007183.jpg)
-1751007187.jpg)