अहिलेसम्म चार वटा निर्वाचन क्षेत्रमा जित हात पारिसकेको राष्ट्रिय स्वतन्त्र पार्टीले अझै ४ वटा क्षेत्रमा अग्रता लिइरहेको छ।
अहिलेसम्म चितवन-१ र २, ललितपुर ३ र सुनसरी २ मा घन्टीवाहक उम्मेदवार अग्रता लिइरहेका छन्।
चितवन १ मा हरि ढकाल, २ मा रवि लामिछाने, ललितपुर-३ मा तोसिमा कार्की र सुनसरी २ मा लालविक्रम थापाले अहिलेसम्म अग्रता कायम राखेका छन्।
कास्की, रूपन्देही, झापालगायत ठाउँमा सुरूमा अग्रता लिएका घन्टीवाहक उम्मेदवार पछिल्लो समय पछि परेका छन्।
अहिलेसम्म काठमाडौं-२, ६,७ र ८ मा घन्टीवाहक उम्मेदवार जित हात पारेका छन्।