जुम्ला (क) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही निर्वाचित भएका छन्।
नेपाली कांग्रेसबाट बागीका रूपमा स्वतन्त्र उम्मेदवारी दिएका शाही ९ हजार ६५४ मतसहित निर्वाचित भएका हुन्।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीले ७ हजार ७ सय ५५ मत ल्याएका छन्।
नेकपा एमालेका उम्मेदवार धीरेन्द्र गिरीले ५ हजार ४६० मत ल्याए।
गठबन्धनका क्रममा प्रदेश सभापति ललितजंग शाहीले प्रदेशमा टिकट पाएपछि कांग्रेसभित्रैका आकांक्षी देवेन्द्रबहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
उनले गठबन्धनका आधिकारिक उम्मेदवारलाई १ हजार ८९९ मतले पछि पारेका हुन्।