सुनसरी २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लालविक्रम थापाले अग्रता कायमै राख्दा एमालेका भीम आचार्य उनलाई पछ्याइरहेका छन्। सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार सीताराम महतो तेस्रोमा छन्।
पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका थापाले ६१९१ मत पाएका छन्। एमालेका आचार्यले ४५६७ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। उनीहरूबीचको मतान्तर १६२४ को छ।
मत गणना जारी रहेको यो क्षेत्रमा कांग्रेसका महतोले अहिलेसम्म २८९६ मत पाएका छन्।