बागलुङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र पौडेल सुनिल निर्वाचित भएका छन्।
शिक्षा मन्त्रीसमेत रहेका पौडेलले २४ हजार ७ हजार ७९ मत ल्याएर निर्वाचित भएका हुन्।
यहाँ नेकपा एमालेकी उम्मेदवार मन्जु चालिसले पराजित भइन्। उनले २० हजार १ सय ८० मत मात्र ल्याइन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तिला खत्रीले २ हजार ३२५ मत पाएकी छिन्।
बागलुङ–२ मा ९५ हजार ५६१ जना मतदाता रहेकोमा ५१ हजार १३५ मत खसेको थियो। जसमा ३ हजार ७५ मत बदर भएको थियो भने ४८ हजार ६० मत सदर भएको थियो ।
बागलुङका दुइटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भए।