पर्सा-१ बाट जनता समाजवादी पार्टीका प्रदीप यादव निर्वाचित भएका छन्।
उनले २२ हजार ५ सय ३७ मत ल्याएका छन्। यादव २०७४ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
दोस्रोमा रहेका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले २० हजार ९ सय १७ मत पाएका छन्। उनी कांग्रेसबाट विद्रोह गरेर उम्मेदवार बनेका हुन्।
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लोसपाका लक्ष्मणलाल कर्णले १ हजार १ सय १७ मत मात्र पाएका छन्।