रूकुम पूर्वको प्रदेश सभा क्षेत्र (क) मा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका सुरूल पुन प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।
उनी चिम चुनाव चिन्हमा उठेका थिए। उनले ४४६५ मतसहित चुनाव जितेका हुन्।
यहाँ माओवादी केन्द्रका उम्मेदवार तेजबहादुर ओली पराजित भए। उनले जम्मा ३९३२ मत ल्याएका छन्।
अर्का स्वतन्त्र उम्मेदवार दुतकुमार पुन मगरले ९५७ मत ल्याएका छन् भने एमालेका उम्मेदवार तेजेन्द्र बुढा मगरले ३७६ मत मात्रै ल्याए। यहाँ मंगोल नेशनल अर्गनाइजेशनका पुरा पुनले ७७ मत ल्याएकी छन्।
चुनाव जितेका सुरूल जनयुद्धमा लागेका थिए। उनी जनमुक्ति सेनाका कमाण्डर थिए।