चितवन क्षेत्र नम्बर १ मा नेकपा एमालेका सुरेन्द्र पाण्डेले मतान्तर घटाएका छन्। उनी नेपाली कांग्रेसका विश्व पौडेललाई उछिन्दै दोस्रो स्थानमा उक्लिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले भने अग्रता कायमै राखेका छन्।
ताजा मतपरिणाम अनुसार ढकालले १९०५३ मत प्राप्त गरेका छन्। नेकपा एमालेका सुरेन्द्र पाण्डे १३ हजार ६६३ मतसहित दोस्रो स्थानमा छन्।
नेपाली कांग्रेसका विश्व पौडेलले १३ हजार ५८८ मत ल्याएका छन्।
अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट एमालेका पाण्डे निर्वाचित भएका थिए।