धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका रघुवीर महासेठ र नेपाली कांग्रेसका महेन्द्र यादवबीच झिनो मतान्तर देखिएको छ।
ताजा मतपरिणाम अनुसार यादव महासेठभन्दा जम्मा २० मतले अघि छन्।
यादवले ३ हजार ७२४ मत ल्याउँदा महासेठले ३ हजार ७०४ मत प्राप्त गरेका छन्।
धनुषा-४ मा यी दुईबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट एमालेका महासेठ नै निर्वाचित भएका थिए।
त्योबेला उनले कांग्रेसकै यादवलाई पराजित गरेका थिए।