प्रतिनिधि सभाका लागि जारी मतगणनामा समानुपातिकतर्फ साढे ८ लाख मतको गणना सकिँदा नेकपा एमालेले अग्रता कायम राखेको छ।
८ लाख ६० हजार २ सदर मतमध्ये एमालेले २४१९९९ (२८.१३ प्रतिशत) मत पाएको छ। दोस्रोमा नेपाली कांग्रेस छ। कांग्रेसले २१९४९१ (२५.५२ प्रतिशत) मत पाएको छ।
तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख मत कटाएको छ। घन्टी चिन्ह भएको उक्त पार्टीले ११२०६१ मत अर्थात् १३.०३ प्रतिशत मत पाएको छ।
चौथो स्थानमा रहेको माओवादीले १००४९२ मत (११.६८ प्रतिशत) मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ५७७६४ मत ( ६.७१ प्रतिशत) मत पाएको छ।
जनता समाजवादी पार्टीले १८७५८ (२.१८ प्रतिशत) मत पाएको छ।
सिके राउत नेतृत्वको जनमत पार्टीले १७५७२, नेपाल मजदुर किसान पार्टी १६५०५, नेकपा (एकीकृत समाजवादी) १३३०३, नागरिक उन्मुक्ति पार्टी ११७३६ मत पाएको छ। अन्य दलहरूले ५०३२१ मत पाएका छन्।