धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) का दीपक कार्कीले अग्रता कायम राखेका छन्।
हालसम्मको मतगणनामा पाँच दलीय गठबन्धनबाट नेकपा माओवादीका उपमहासचिव मातृकाप्रसाद यादव २२४७ मतान्तरले पछि छन्।
१३ हजार ८३९ मत गणना हुँदा कार्कीले ५ हजार ४२० मत ल्याएका छन् भने यादवले ३ हजार १७३ मत पाएका हुन्।
२०७४ सालको निर्वाचनमा पनि यिनै दुई उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा थियो। त्यहीबेला कार्कीलाई हराउँदै यादव निर्वाचित भएका थिए।
राप्रपाका मनोज मल्ल ठकुरीले २५३९ र जनमतका किशोरी साह कमलले २४०३ मत ल्याएका छन्।
मतगणना अहिले जारी छ।