दाङको एउटा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसले खाता खोलेको छ।
६ प्रदेशसभा सदस्य रहेको जिल्लामा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल दाङको निर्वाचन क्षेत्र नं. २ (१) बाट निर्वाचित भएका हुन्।
कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति समेत रहेका खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरी निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका बलीभद्र रानाले १४ हजार ४ सय ४९ मत प्राप्त गरेका थिए। उनीहरू बीचको मतान्तर १ हजार १ सय ६७ रहेको छ।
यो निर्वाचन क्षेत्रमा ३७ हजार ८६ मत खसेको थियो। यहाँ १ हजार ४ सय ८५ मत बदर भएको थियो।
खनाल यसअघि संविधान सभाको दोस्रो निर्वाचनमा पनि विजयी भएका थिए।
उनी २०७४ सालमा वाम गठबन्धनका उम्मेदवार कृष्णबहादुर महरासँग पराजित भएका थिए।
अहिले भने उनी गठबन्धनका साझा उम्मेदवार थिए।