ओखलढुंगामा कांग्रेस उम्मेदवार रामहरि खतिवडाले अग्रता निरन्तर कायम राख्दा एमाले उम्मेदवार यज्ञराज सुनुवार ५ हजारभन्दा बढी मतले पछि परेका छन्।
२०७४ मा खतिवडालाई नै हराउँदै संसदमा चुनिएका सुनुवार यसपटक मतगणनामा लगातार पछि परिरहेका छन्।
अहिलेसम्मको मत परिणाम अनुसार कांग्रेसका खतिवडाले २२ हजार १७१ मत प्राप्त गर्दा एमालेका सुनुवार १६ हजार ९१६ मत पाएका छन्।
मतगणना जारी रहेको ओखलढुंगामा जसपाका जुद्ध बहादुर राईले ६८१ मत पाएका छन्।