नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी हुने प्रायः निश्चित भएको छ।
६५ हजार ५१० मतपत्र गणना गर्दा महामन्त्री शर्मा नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलभन्दा ११ हजार ९९७ मतले अगाडि छन्।
अब १६ हजार २५४ मतपत्र मात्र गणना गर्न बाँकी रहेको छ।
सो क्षेत्रमा ८१ हजार ७६४ मत खसेको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ।
शर्माले ३२ हजार ३५० मत पाउँदा खरेलले २० हजार ३५३ मत पाएका छन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भन्डारी (घन्टी) ले ६ हजार ३०२ मत पाएका छन्।
शर्मा यसअघि दुई पटक सो निर्वाचन क्षेत्रबाट पराजित भएका थिए।
दोस्रो संविधानसभाको निर्वाचनमा अहिलेका प्रदेश सभाका उम्मेदवार रविन कोइरालासँग शर्मा पराजित बनेका थिए।
यस्तै ०७४ सालको संसदीय निर्वाचनमा एमालेसहितको संयुक्त गठबन्धनका उम्मेदवार राम कार्कीसँग पराजित बनेका थिए।