प्रतिनिधिसभाको समानुपातिकतर्फ जारी मतगणनामा नेकपा एमालेले २ लाख मत कटाएको छ।
एमालेले बुधबार बिहानसम्म २ लाख ९ हजार ८ सय ६० मत प्राप्त गरेको हो। यो अहिलेसम्म गणना भएको मतको २८.३ प्रतिशत हुन आउँछ।
त्यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १ लाख ८६ हजार ५ सय ५७ मत प्राप्त गरेको छ। यो जारी मतगणनाको २५.२ प्रतिशत हुन आउँछ। पहिलो र दोस्रो स्थानका लागि समानुपातिकमा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा देखिएको छ।
तेस्रो स्थानमा भने रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी छ। उक्त पार्टीले ९७ हजार ५ सय ९३ मत प्राप्त गरेको छ। यो १३.२ प्रतिशत हुन आउँछ।
चौथो स्थानमा माओवादी केन्द्र रहेको छ। जसको मत ८६ हजार ९ सय ३८ छ। माओवादी केन्द्र र स्वतन्त्र पार्टीबीच समानुापतिक मतमा प्रतिस्पर्धा देखिएको छ। माओवादी केन्द्रको मत प्रतिशत ११.७ रहेको छ।
पाँचौ स्थानमा राप्रपा छ। यसले ५० हजार २ सय ७५ मत प्राप्त गरको छ जुन ६.८ प्रतिशत हुन आउँछ। बाँकी दलहरूले ३ प्रतिशत मत कटाएका छैनन्।
प्रतिनिधिसभाको समानुपातिकतर्फको ११० सिटको बाँडफाँट समानुपातिकतर्फ दलहरूले प्राप्त गर्ने मतका आधारमा हुन्छ। तीन प्रतिशत मत कटाउने दलहरूले समानुपातिकमा सिट पाउँछन्।
हेर्नुहोस् दलहरूले हालसम्म प्राप्त गरेको मतको पाइचार्ट-