चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेले अग्रता राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार पाण्डेले ९ हजार ९६९ मतसहित अग्रता कायम गरेका हुन्।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका जीता बरालले ६ हजार ४६६ मतसहित पछ्याइरहेकी छिन्।
यस्तै माओवादी केन्द्रका भोजराज अधिकारी ६ हजार १६५ मतसहित तेस्रो स्थानमा रहँदा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ४ हजार १४७ मत प्राप्त गरेका छन्।
चितवन-३ मा यसअघिको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका थिए। यो निर्वाचनमा भने दाहाल गोरखा-२ बाट उठेका छन्।