राष्ट्रिय प्रजातन्त्र पार्टीले बाँके-२ बाट विजयी सुरूआत गरेको छ। राप्रपाका धवलशमशेर राणाले २९ हजार ५ सय ७७ मत प्राप्त गर्दै बाँके-२ मा जित हात पारेका हुन्।
उनले जनता समाजवादी पार्टीका मोहम्मद इश्तियाक राईलाई पराजित गरेका छन्। इश्तियाकले २३ हजार ५ सय २० मत प्राप्त गरेका छन्।
राप्रपा र एमालेबीच बाँके–२ मा गठबन्धन भएको थियो भने जसपाका इश्तियाक एक्लै मैदानमा ओर्लिएका हुन्।
सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका सुदीप नरसिंह राणाले ४४०३ मत प्राप्त गरे।