दार्चुला प्रदेश सभा (२) मा नेकपा माओवादी केन्द्रका मानबहादुर धामी विजयी भएका छन्।
उनी त्यहाँ लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार थिए। नेकपा एमालेका रामदत्त जोशीलाई १ हजार ३१५ मतान्तरले पराजित गर्दै धामी विजयी भएका हुन्।
जम्मा खसेको कुल २६ हजार २७२ मत मध्ये धामीले १३ हजार १७१ मत प्राप्त गरे।
उनका निकटतम प्रतिद्वन्दी जोशीले भने ११ हजार ८५६ मत प्राप्त गरे।
धामी २०७४ सालमा यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए।