डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा विजयी भएका छन्।
त्यहाँ ५१ हजार २०३ मत खसेको थियो। त्यसमध्ये देउवाले २५ हजार ५ सय ३४ मत पाएका हुन्।
उनले आफ्ना प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालभन्दा १२ हजार ४ सय ९२ मत बढी ल्याएका छन्। यस्तै ढकालले १३ हजार ४२ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्ल भने ७ हजार ५ सय ३५ पाएका छन्।
खसेको जम्मा मतभन्दा ३ हजार १ सय ८७ मत बदर भएको छ। देउवा २०४८, ०५१, ०५६, ०६४, ०७० र ०७४ मा यसअघि डडेलधुराबाटै विजयी भएका थिए। यो जितसँगै देउवाको गृह जिल्ला डडेल्धुरामा सातौं पटक जित हो।
उच्च शिक्षा हासिलका लागि राजधानी छिरेका देउवा जिल्लामा पहिलो पटक २०४८ मा चुनाव लड्न पुगेका थिए।